शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 10
शाखा अधिकृत तथा नासु बिशेष महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर
•
नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने
बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ
?
–
३० औं
•
प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ?
–
बुच कमिसन २००९
•
५८ बर्षको उमेरमा खेलकुदतर्फको व्यायाम क्षेत्रमा सिट अप विधामा एक
र चिन अफ बिधामा चार गरी पाँचवटा राष्ट्रिय रेर्कड राख्न सफल व्यक्तित्व को हुन् ?
–
रामचन्द्र खनाल
•
भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको
पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
–
वि.सं २०७२ असार १० काठमाडौं
•
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको
सदस्य सचिवमा को नियुक्त भएका छन् ?
–
केशवकुमार बिष्ट
•
अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा कसलाई चयन गरिएको छ ?
–
जाहिर अब्बास ( पाकिस्तान )
•
सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय
माध्यमबाट गरिने भएको छ ?
–
वि.सं २०७२ साउन १
•
समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी
उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ?
–
वि.सं २०७२ असार ८
•
अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ?
–
जून २३
•
हामी हाम्रा विचारले बनेको हुन्छौ,हामी जे
सोच्छौ, त्यही बन्छौ,जब दिमाग पवित्र
हुन्छ,तब आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने विचारक को
हुन् ?
–
गौतम बुद्ध
•
सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोले मुख्यालय कसको मूर्ति
स्थापना गरिएको छ ?
–
गौतम बुद्ध
•
नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील
राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ?
–
सन् २०२२
•
प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ?
–
म्याग्दी
Comments
Post a Comment