शाखा अधिकृत मा सोधिएका GK प्रश्न उत्तर SECTION OFFICER QUESTIONS ANSWERS MODEL SET 11
लोकसेवा परिक्षामा बारम्बार सोधिएका १२६ महत्वपूर्ण सामान्यज्ञान प्रश्न र तिनका उत्तरहरु
लोकसेवा
आयोगमा सोधिने महत्वपूर्ण प्रश्नहरु तथा त्यसको उत्तर
1.
दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा हो ।
2.
दक्षिण एसियामा नै राजनीतिमा
सबैभन्दा बढी महिला सहभागिता
रहेको देश नेपाल हो ।
3.
सगरमाथा मा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हो ।
4.
संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टोबर १९४५ मा भएको थियो ।
5.
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो
तालको आकार अंग्रेजी अक्षर "Y" जस्तो छ ।
6.
२०१८ फिफा विश्वकप रसियामा आयोजना हुँदैछ
।
7.
भारतीय रेलवेको दार्जीलिङमा चल्ने
रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ ।
8.
भिक्टोरिया क्रस पाउने पहिलो
नेपाली कूलबीर थापा हुन् ।
9.
रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो ।
10.
खुम्बू हिमनदी नेपालको सबैभन्दा
लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर
सम्मको उचाईमा बग्दछ ।
11.
काग यस्तो पंक्षी हो जसले आफ्नो
चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ ।
12.
नेपालको सबैभन्दा सुन्दर झरना रूप्से
झरना म्याग्दी जिल्लामा पर्दछ ।
13.
डा. फुहररले लुम्बिनीको उत्खनन्
गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।
14.
स्वयम्भूको पुरानो नाम पद्मकण्ठगिरी हो ।
15.
सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो ।
16.
. झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ तर जब यो बाहिर आउँछ अक्सिजनले
यसलाई निलो बनाइदिन्छ ।
17.
विश्वको सबैभन्दा लामो नदी नाइल नदीको
लम्बाई ६६५० किलोमिटर छ ।
18.
सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको
राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।
19.
... हवाइयन वर्णमालामा जम्मा १२ वटा
मात्र अक्षर छन ।
20.
... भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो
पूललाई 'एडम्स ब्रीज' भन्छन ।
21.
... मैथली भाषा विश्वमा बढि बोलिने
भाषा मध्य २६ औं स्थानमा छ ।
22.
... उँटको दुध जम्दैन वा फाट्दैन ।
23.
... जुका सबैभन्दा बढी प्रजाति भएको
जीव हो ।
24.
... सबैभन्दा अल्छी चरा ढुकुर हो ।
25.
... एनसेल मोबाइल सेवाबाट विकिपीडिया जिरो प्रयोग गरेमा पैंसा लाग्दैन ।
26.
... पछिल्लोपटक गरिएको गणनाअनुसार चितवन
राष्ट्रिय निकुञ्जमा ५०३ गैंडाहरू रहेका छन् ।
27.
... सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले
आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्यो ।
28.
... संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् ।
29.
... अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर 'इ' हो भने सबैभन्दा कम प्रयोग हुने अक्षर 'क्यु' हो ।
30.
... सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी
अक्षरबाट हुन्छ ।
31.
... सर्वप्रथम कफी इथियोपियामा पत्ता लागेको थियो ।
32.
... बिक्रम सम्बत् २०५१ मा नेपालमा प्रथम पटक मिस नेपाल प्रतियोगिता आयोजना भएको थियो ।
33.
... ल्याप्टपका आविश्कारक बिल
मग्रिज हुन ।
34.
... सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो ।
35.
... बिल गेट्स हाल विश्वका सबै भन्दा धनी व्यक्ति हुन ।
36.
... स्वीडेनकी किकी ह्याकन्सन पहिलो विश्वसुन्दरी हुन
।
37.
... सबैभन्दा बढी फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी हुन ।
38.
... कोरियन गायक तथा संगितकार पार्क
जि-साङ्गले गाएको गित गङ्नम स्टाइल युट्युबमा सन् २०१३मा सबैभन्दा बढि हेरिएको गित
हो ।
39.
... विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन ।
40.
... चर्चित सामाजिक सञ्जाल फेसबुकको
शुरुवात फेब्रुअरी २००४ मा भएको हो ।
41.
... विश्वको सबैभन्दा ठुलो जनावर निलो
व्हेल हो ।
42.
... सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन ।
43.
... विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो
बन्दरानाइके हुन् । उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी
थिइन् ।
44.
... विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला
पाकिस्तानकी बेनजिर भुट्टो २३
बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् ।
45.
... विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।
46.
... नेपालको पहिलो विमान चालक महिला रक्षा
राणा हुन् ।
47.
... सगरमाथा आरोहण गर्ने विश्वको
पहिलो महिला जापानकी जुन्को
ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोहि महिला
श्रीमती पासाङ ल्हामु शेर्पा हुन् ।
48.
... विश्वसुन्दरी प्रतियोगिता आयोजना
गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो ।
49.
... नेपालको पहिलो महिला सम्पादक साधना
प्रधान र कुमारी
कामाक्षादेवी हुन् ।
50.
... नायबी शासन चलाउने पहिलो महिला रानी
राजेन्द्र लक्ष्मी हुन् ।
51.
... रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा
देवी हुन् ।
52.
... नेपालकी पहिलो महिला मन्त्री द्वारिका
देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन् ।
53.
... सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन् ।
54.
... विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि
गर्ने पहिलो महिला बानिरा गिरी हुन् ।
55.
... प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन् ।
56.
... नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा हुन् ।
57.
... नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२ सालमा प्रकाशन
भएको थियो ।
58.
... नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी
दरवारको ढोका हो ।
59.
... विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा
मरूभूमि हो ।
60.
... नेपालमा ३९१५ गाविस तथा १३० नगरपालिका छन । (७२ नगरपालिका २०७१ बैशाख २६ गते थप गरिएको)
61.
... विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
62.
... धरहराको निर्माण प्रधानमन्त्री भीमसेन
थापाले वि.सं. १८८२मा गराएका हुन् ।
63.
... तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ ।
64.
... नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल हो ।
65.
... काँडे भ्याकुर नेपालमा मात्र
पाइने पंक्षी हो ।
66.
... कलियुग पौष कृष्ण औँसीबाट सुरु
भएको मानिन्छ ।
67.
... गणेशमान सिंहको बाल्यकालको नाम हिराकाजी थियो ।
68.
... नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ ।
69.
... श्रीपशुपतिनाथलाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको
मुकुट पहिराइन्छ ।
70.
... नेपालको पहिलो प्रधानमन्त्रि भिमसेन थापा हुन्।
71.
... नेपालमा १८५ प्रकारका माछा पाइन्छन् ।
72.
... सप्तबुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸ काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन् ।
73.
... थर्ड पोल (Third Pole) नामले सगरमाथालाई चिनिन्छ ।
74.
... स्याऊ संसारमा सबैभन्दा धेरै
उत्पादन हुने फल हो ।
75.
... हिम चितुवा (Panthera Uncia) नेपालको
संरक्षित स्तनधारी वन्यजन्तु हो ।
76.
... सुगौली सन्धि सन् १८१६ मार्च
३मा नेपाल र इष्ट इण्डिया कंपनी बीच भएको थियो ।
77.
... माछा संरक्षण केन्द्र पोखरामा छ ।
78.
... गाईको ३२वटा दाँत हुन्छन् ।
79.
... भालुको ४२वटा दाँत हुन्छन्।
80.
... स्विजरल्याण्डमा प्रति वर्ष प्रति व्यक्ति १० किलो गर्न
बराबरको चकलेट खान्छन् ।
81.
... हिमपहाडको ९०% भाग पानी भित्र हुने गर्दछ ।
82.
... अष्ट्रेलियालाई पहिला नयाँ हल्याण्ड भनिन्थ्यो ।
83.
... मानिसको औसत मस्तिष्कमा करिब ७८% पानी हुन्छ ।
84.
... भ्यागुताले आफ्नो आँखा खुला राखि खाना निल्न सक्दैन ।
85.
... हरेक दिन संसारको कुनै न कुनै देशमा विदा भएको हुन्छ ।
86.
... डटपेनको आविष्कारक जोन जे. लाउड हुन् ।
87.
... नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा वि.सं. २०६४ असार २३
देखि प्रारम्भ गरेको हो ।
88.
... चियामा टेनिस नामक विषालु क्षारिय तत्व हुन्छ ।
89.
... खुट्टामा जिव्रो हुने जीव पुतली हो ।
90.
... मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम आँखा झिम्काउने कार्य हो
।
91.
... जिब्रोको भित्री भागले तीतो स्वाद थाहा पाउँछ ।
92.
... रुघा संसारकै सबैभन्दा बढी
सर्ने रोग हो ।
93.
... डेविड फिलो र जेरी याङ्ग याहुका संस्थापकहरू हुन् ।
94.
... भेनेजुयलामा असंलग्न राष्ट्रको १७ सम्मेलन सन् २०१५ मा
आयोजना हुँदैछ ।
95.
... अस्ट्रेलियाको निर्वाचनमा मत नखसालेमा ४ डलर जरिवाना
तिर्नु पर्ने नियम छ ।
96.
... विचित्र नामको गुफा गुल्मी जिल्लामा
अवस्थित छ ।
97.
... नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार गोपाल प्रसाद रिमाल हुन् ।
98.
... जापान विश्वमा सबैभन्दा पुरानो
राजतन्त्र भएको मूलुक हो ।
99.
... भगवान गौतम बुद्धको मृत्यु पश्चात्
बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ मूल
सर्वास्ति विनय हो ।
100.
... नेपालको चितवनमा अन्तराष्ट्रिय
हात्ति पोलो खेल नियमित रुपमा हुने गर्दछ ।
101.
... माइक्रोसफ्ट कर्पोरेशन संसारकै
सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो ।
102.
... अल्वर्ट आइन्स्टाइनलाई इजरायल देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ।
103.
... चाल्र्स डार्बिनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा
पहिले प्रामाणिक रुपमा व्याख्या गरेको मानिन्छ ।
104.
... पृथ्वीको गति भन्दा परमाणु घडी ०.९ सेकेन्डले चलाख हुन्छ ।
105.
... नेपाली नागरिकतामा अंग्रेजी
भाषामा समेत वि.सं. २०६६ मंसीर १ देखी वितरण गर्न थालियो छ ।
106.
... फिलामेन्ट बत्तीको आयु १०००
घण्टा हुन्छ ।
107.
... हवाईजहाज उड्दा प्रयोग गरिने
ग्यास हिलियम हो ।
108.
... भारतीय संसद परिषदमा दुर्गा मल्ल (नेपाली व्यक्ति) को सालिक रहेको छ ।
109.
... जटापोखरी ताल सिन्धुपाल्चोक जिल्लामा
पर्दछ ।
110.
... नेपालको सबैभन्दा होचो भाग मुसहरनिया ५९ मि. (धनुषा) हो ।
111.
... इतिहासका पिता भनि हेरोडोटसलाई
भनिन्छ ।
112.
... क्यालकुलेटरका आविष्कारक पास्कल हुन् ।
113.
... घरमा हुने सामान्य कुराकानीमा ३० डेसिबल ध्वनी उत्पन्न हुन्छ ।
114.
... नेपालको अन्तरिम संविधान, २०६३
वि.सं. २०६३ माघ १ जारी भयो ।
115.
... संयुक्त राष्ट्र संघको महासभाको अध्यक्ष हुने पहिलो महिला विजया लक्ष्मी पण्डित (भारतीय) हुन् ।
116.
... विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक भारत हो ।
117.
... नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी सर एडमण्ड हिलारी हुन् ।
118.
... ह्यारी पोटर पुस्तक शृङ्खलाकी
लेखिका जे.के. रोलिङ हुन् ।
119.
... प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र
राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र लेबनान हो ।
120.
... नेपालको राष्ट्रियगानमा ४६ शब्द र १२८ अक्षर छन् ।
121.
... संयुक्त राष्ट्र संघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक बेलायत हो ।
122.
... विश्वको प्रथम लिखित संविधान अमेरिकाको
हो ।
123.
... महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो
पक्की पूल नेपालको सबैभन्दा लामो पूल हो र यो झापा
जिल्लामा पर्दछ ।
124.
... कुखुराको अहिलेसम्मको सबैभन्दा लामो उडानको रेकर्ड १३ मीटर
हो ।
125.
... हात्ती एकमात्र उफ्रिन नसक्ने स्तनधारी प्राणी हो ।
126.
... बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ
Comments
Post a Comment